नेरुडे मिर्मिरे लघुवित्तको १८ औं वार्षिक साधारणसभा आज हुँदै

सोमबार, ०५ जेठ २०८२, १० : ०४

काठमाडौं- नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सोमबार १८ औं वार्षिक साधारणसभा गर्दैछ। सभा धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन सहित २०८१ आसार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक बर्ष २०८०/८१ को नाफा र नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्नेछ ।

सभाले साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरिक्षकको लेखापरिक्षण प्रतिवेदन सहित मिति २०८० फागुन२९ गतेको वासलात, मिति २०८० श्रावण ०१ गते देखी मिति २०८० फागुन २९ गते सम्मको नाफा र नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्नेछ ।

सभाले बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण समितिको शिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र बिजको पारिश्रमिक तोक्नेछ ।
 

सोमबार, ०५ जेठ २०८२, १० : ०४

प्रतिक्रिया