सुनको मूल्य बढ्यो, चाँदीको भने आज पनि स्थिर

सोमबार, ०५ जेठ २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको हो । यससँगै सोमबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८१ हजार २०० रुपैयाँ कायम भएको भएको थियो ।

यस्तै चाँदीको मूल्य भने सोमबार पनि स्थिर रहेको छ । आइतबार स्थिर रहँदै तोलामा १९ सय ४५ रूपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

सोमबार, ०५ जेठ २०८२, १० : ५२

प्रतिक्रिया