समृद्धि फाइनान्सको सञ्चालक समिति अध्यक्ष भट्टराईको राजीनामा स्वीकृत

सोमबार, ०५ जेठ २०८२, १३ : ४६

काठमाडौं–  समृद्धि फाइनान्स कम्पनीको सञ्चालक ठाकुर प्रसाद भट्टराईले राजीनामा दिएका छन् । 

भट्टराईले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको ५१९ औं बैठकबाट भट्टराईको राजीनामा स्वीकृत गरेको छ । 

उक्त पदमा बैठकले उक्त पदमा संस्थाका सञ्चालक अजय कुमार मिश्रलाई नियुक्त गरिसकेको छ।

सोमबार, ०५ जेठ २०८२, १३ : ४६

प्रतिक्रिया