काठमाडौं- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक उत्सवको अवसरमा शाखा कार्यालय नौडाँडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सांस्कृतिक प्रवर्द्धन कार्यक्रमको लागि कास्की जिल्ला पोखरा महानगरपालिका वडा २४ कास्कीकोट रहेको दोपहरे आमा समूहलाई आवश्यक फर्निचर स्टिल दराज र केहि थान प्लास्टिक कुर्सी वितरण गरेको छ ।
सहयोग सामग्री कार्यक्रमको विशिष्ट अतिथि वडा सदस्य मैया नेपाली मार्फत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपालीसहित प्रमुख अतिथि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी, र अतिथि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका अनुगमन विभागका विभागीय प्रमुख यतिराज पौडेलको उपस्थिति रहेको थियो।
प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले यस वित्तीय संस्थाले वित्तीय कारोबार (आर्थिक कारोबार) मात्रै नभई सामाजिक उत्तरदायित्व कार्यक्रमहरु पनि गर्दै आइरहेको कुरा जानकारी गराए ।
संस्थाले वित्तीय कारोबार गरी गाउघरमा रहेका महिला दिदीबहिनीहरुलाई उद्यमशिलता बनाउनको लागि अभिप्रेरित गरिरहेको समेत जानकारी दिए ।
साथै विशिष्ट अतिथि वडा सदस्य मैया नेपालीले बोल्दै यस संस्थाको वित्तीय कार्यक्रम मार्फत सासाना घरेलु ब्यबसाय संचालन गरी उत्पादनसग जोडी आर्थिक उपार्जन गर्न सरल र सहज व्उबस्था अनुरुप महिला दिदीबहिनीहरुको लागि निकै महत्वपूर्ण योगदान रहेको बताउदै यस संस्थाको १३ औ वार्षिक उत्सवको अबसरमा आगामी दिनमा अझ प्रगतिको कामना गरिन् । विभागीय प्रमुख यतिराज पौडेलले यस वित्तीय संस्थामा मार्फत प्रदान गरीरहेको सेवा सुविधाबारे प्रस्ट पारे ।
प्रतिक्रिया