सुनको मूल्य स्थिर, चाँदी भने घट्यो

मंगलबार, ०६ जेठ २०८२, १० : ४९

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै अघिल्लो दिनकै मूल्य कायम भएको हो । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै सोमबार तोलामा १९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ४० रुपैयाँ कायम भएको हो । 

मंगलबार, ०६ जेठ २०८२, १० : ४९

प्रतिक्रिया