सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०७ जेठ २०८२, १० : ४५

काठमाडौं- नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजारले बढेको हो । यससँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको  छ। यससँगै मंगलबार तोलामा १९ सय ४० रूपैयाँ कायम भएको चाँदी  आज १९ सय ९० रूपैयाँ  कायम भएको हो।

बुधबार, ०७ जेठ २०८२, १० : ४५

प्रतिक्रिया