काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई शीर्षस्थानमा रहेका छन्।
समग्रमा ६–अन्डर १ सय ३० को स्कोरमा उनले दिनेश प्रजापतिलाई १स्ट्रोकले पछि पारेका छन्। आज शुक्रले १–ओभर ६९ को स्कोर गरे।समग्रमा ५–अन्डर १ सय ३१ को स्कोरमा दिनेश प्रजापति दोस्रोस्थानमा उक्लिएका छन्। आज उनले १–अन्डर ६७ को कार्ड बनाए।
भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवन कुमार रोक्कासमग्रमा ३–अन्डर १ सय ३३ को स्कोरमा तेस्रो स्थानमा छन्। रामेले१–अन्डर ६७ को स्कोर दर्ज गरे। भुवनले खराब प्रदर्शन गर्दै ४–ओभर ७२ मा दोस्रो दिनको खेल सकाए।
समग्रमा १–अन्डर १ सय ३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङर प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे। सञ्जयले २–अन्डर ६६ स्कोरगर्दा निरज र प्रदीपले इभन(पार ६८ को स्कोर बनाए।
यस्तै समग्रमा १–ओभर १ सय ३७ को स्कोरमा तोरण विक्रम शाही, वसन्तराज गुरूङ र साबिक विजेता रवि खड्का संयुक्तरुपमा आठौंस्थानमा रहे। तोरणले आज १–अन्डर ६७ स्कोर गर्दा वसन्तले इभन–पार ६८ र रविले २–ओभर ७० स्कोर गरे।
पहिलो दिन ७–अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिनसकेनन्। पहिलो होलको बर्डीका विरूद्ध नवौं होलको बोगीले फ्रन्टनाइन इभन–पार ३४ मा सकाए। यसपछि १३ औं होलमा एक सटबचाए पनि १५ औं र १८ औं होलमा बोगीको सामना गरे। ब्याक नाइन१–ओभर ३५ मा पुरा गरे।
दिनेशले तेस्रो होलमा एक सट खेर फाले। छैटौं होलको बर्डीले फ्रन्टनाइन इभन–पार ३४ खेले। यसपछि १०औं र १३औं होलमा बर्डी प्रहारगरे। अन्तिम होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए। रामे मगरले नवौं होलको बोगीले फ्रन्ट नाइनमा १–ओभर ३५ को स्कोरगरे। १० औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याकनाइनमा २–अन्डर ३२ को नतिजा निकाले।
पहिलो दिनका लिडर भुवनले खराब प्रदर्शन गर्दा तेस्रो स्थानमा तलझरे। उनले फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–ओभर ३६ मा पुरा गरे।उनले छैटौं नबौं, १४ औं र १८ औं होलमा बोगी प्रहार गरे।
एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १–ओभर १ सय ३७ कोस्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले आज १–ओभर ६९ को स्कोरजोड्दै निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्।निश्चयले आज १–ओभर ६९ स्कोर गर्दे समग्रमा २–ओभर १ सय ३८ स्कोर बनाएका छन्। ३६ होलको समाप्तीमा ९–ओभर १ सय ४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र २ एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन्।
प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्रश्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धन बहादुर थापा, सुनिलकेसी, टंक बहादुर कार्की, किशन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाएका छन्। ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरीकुल ४७ खेलाडीको सहभागीता रहेको छ।
प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले१ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमश ७०हजार र ५० हजार हात पार्नेछन्। साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनलगल्फरहरुले पनि नगद प्राप्त गर्नेछन्। चार दिनको मुख्य स्पर्धा पश्चातशनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया