सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०८ जेठ २०८२, १० : ४५

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ५०० कायम भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला  १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदी तोलामा ३५ रूपैयाँले बढेको छ। बुधबार तोलामा १९ सय ९० रूपैयाँ कायम भएको चाँदी बिहीबार २ हजार २५ रूपैयाँ कायम भएको हो । 

विहीबार, ०८ जेठ २०८२, १० : ४५

प्रतिक्रिया