काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ। कम्पनीले १८ भन्दा बढी शाखा कार्यालयका लागि सहायक श्रेणीमा कर्मचारी माग गरेको हो।
यसका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। वाणिज्य शास्त्र भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। उमेरको हद २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने तथा महिलाको हकमा भने ४० नकटेकाले निवेदन दिन पाउनेछन् ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित तोकिएको माध्यमबाट असार १ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।
प्रतिक्रिया