सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको भने सामान्य गिरावट

शुक्रबार, ०९ जेठ २०८२, ११ : २४

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै बिहीबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

शुक्रबार, ०९ जेठ २०८२, ११ : २४

प्रतिक्रिया