समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

शनिबार, १० जेठ २०८२, १५ : ३५

काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको पदमा नवनियुक्त अजयकुमार मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ भने मोवाईल बैंकिङ, डेविट कार्ड आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस,क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गर्दै आएको छ । 
 

शनिबार, १० जेठ २०८२, १५ : ३५

प्रतिक्रिया