काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन तोलामा मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ। शुक्रबार तोलामा २ हजार ५ रुपैयाँमा कायम भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भएको हो ।
प्रतिक्रिया