काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही मूल्यमा यथावत रहेको हो ।
प्रतिक्रिया