सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १३ जेठ २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार तोलामा २  हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ९५  रुपैयाँ कायम भएको छ।

मंगलबार, १३ जेठ २०८२, १० : ५२

प्रतिक्रिया