सुनको मूल्य घट्यो, चाँदीमा भने सामान्य वृद्धि

बुधबार, १४ जेठ २०८२, १० : ५०

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको हो। यससागै बुधबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा  १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा  १९ सय ९५ रुपैयाँ कायम भएको चाँदी बुधबार २ हजार ५ रुपैयाँ कायम भएको छ । 

बुधबार, १४ जेठ २०८२, १० : ५०

प्रतिक्रिया