काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
कम्पनीले हालका लागि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। यस सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकिएको छ।
सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया