मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

विहीबार, १५ जेठ २०८२, ०९ : ५४

पर्सा- वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बार्शसले जितेको छ । 

आर्दशनगर रंगशालामा बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन ११ लाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । सुरुआती ब्याटिङ गरेको टाइटन ११ ले ४ विकेटको क्षतिमा १५ ओभरमा ७५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्जले ७ दशमलव ३ ओभरमा चार विकेट गुमाएर ७८ रनको योगफल तयार पार्दै उपाधि जितेको हो । 

विजेता टोलीलाई रु दुई लाख ५१ हजार र प्रमाणपत्र तथा उपविजेता टाइटन ११ लाई पनि नगद रु दुई लाख पुरस्कार र प्रमाणपत्र पाएको हो । उपाधि विजेता तथा उपविजेतालाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले  पुरस्कार प्रदान गर्नुभएको थियो । 

खेलमा ‘प्लेयर अफ द सिरिज’को उपाधि वीरगञ्ज बासर्सका सर्वनाथ हुनुभयो । उत्कृष्ट ‘व्याट्सम्यान’ टाइटन ११ का गौतम अग्रवाल भए । 

विहीबार, १५ जेठ २०८२, ०९ : ५४

प्रतिक्रिया