बेष्ट फाइनान्सले बोलायो साधारणसभा

विहीबार, १५ जेठ २०८२, १० : ४८

काठमाडौ- बेष्ट फाइनान्स कम्पनी लिमिटेडले असार १८ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । 

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । 

यस्तै, आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने भएकोले जेठ २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
 

विहीबार, १५ जेठ २०८२, १० : ४८

प्रतिक्रिया