सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, १५ जेठ २०८२, ११ : ०९

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको  छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १९ सय ९५ कायम भएको छ ।

विहीबार, १५ जेठ २०८२, ११ : ०९

प्रतिक्रिया