काठमाडौं— स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा मेडिकल अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।
बोर्डले आज सूचना जारी गर्दै १८० जना मेडिकल अधिकृत नियुक्तिका लागि आवेदन माग गरेको हो। योग्य इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र आवेदन दिन सक्नेछन्।
दरखास्त दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ। साथै, उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
नेपाल सरकारको आठौं तहअनुसारको तलब सुविधा दिइनेछ भने अतिरिक्त समय काम गरेबापत अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका अनुसार भुक्तानी हुने बोर्डले जनाएको छ।
छनौट भएका उम्मेदवारहरूलाई ९० दिनको करार अवधिका लागि नियुक्ति दिइनेछ।
प्रतिक्रिया