सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, १९ जेठ २०८२, १० : ५३

काठमाडौं- नेपाली बजारमा सोमबार सुन चाँदीको दुवैको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो। यससँगै सोमबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आइतबार तोलामा १९ सय ८५ रुपैयाँ कायम भएको चाँदी सोमबार १९ सय ९० रुपैयाँ कायम भएको छ।

सोमबार, १९ जेठ २०८२, १० : ५३

प्रतिक्रिया