काठमाडौं- आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ त्रिकोणात्मक शृङ्खलामा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर बलिङ रोजेको छ ।
खेल स्कटल्याण्डमा नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा सुरु भएको हो ।
ओडिआई इतिहासमा नेपाल र स्कटल्याण्डबीच ८ खेल भइसकेका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ । एक खेल नतिजाविहीन रहेको छ । पछिल्ला चार खेलमा नेपाल अपराजित रहँदै ३ खेलमा विजयी भएको थियो ।
आजको खेलमा नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, रोहित पौडेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल प्लेइङ ११ मा परेका छन् ।
प्रतिक्रिया