काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो। यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । सोमबार तोलामा १९ सय ९० रुपैयाँ कायम चाँदीको मूल्य मंगलबार दुई हजार ४५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया