काठमाडौं- मञ्जुश्री फाईनान्स र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।
यस सम्झौता पत्रमा कम्पनीका तर्फबाट डीसीईओ पदम ठकुल्ला र एनसीएचएलका तर्फबाट सीईओ निलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड र इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो।
यससँगै बैंक वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपालपे कार्डमा आवद्ध हुन थालेका छन् ।
नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात मञ्जुश्री फाईनान्सले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन्।
प्रतिक्रिया