सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, २१ जेठ २०८२, १० : ५५

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो। यससँगै बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार  सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको थियो। 

यस्तै आज चाँदी तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदी बुधबार २ हजार ७५ रुपैयाँ कायम भएको हो। 

बुधबार, २१ जेठ २०८२, १० : ५५

प्रतिक्रिया