काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाईस्थित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकार पक्षलाई बचत तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी दिई कर्जाको सदुपयोग र उद्यमशीलताको विकास, स्थानीय श्रोत साधनको प्रयोग गरी आयआर्जन वृद्धि गर्दै न्यून आय भएको वर्गको आर्थिक सामाजिक स्तरमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कमलामाई न.पा. वडा नं.९ का अध्यक्ष विनोद प्रधानले सदस्यहरूलाई धेरै संस्थामा कारोबार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्ध तथा उद्यमी बन्न सुझाव दिए । विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दीपककुमार पोखरेलले सदस्यहरूको केही गुनासो भनाई भएमा सम्बन्धित संस्थामा राखी संस्थाको नियमानुसार र राष्ट्र बैक तथा देशको कानुन बमोजिम सबैलाई उद्यम बनी आयआर्जन वृद्धि गर्न बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकोले त्यसको सदुपयोग गर्न सुझाव दिए ।
वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरूले आफूलाई उद्यमी बन्न सिकाएकोमा स्वावलम्बनलाई धन्यवाद दिएका छन् । स्वावलम्बनलाई आफ्नो भविष्य देखाउने संस्थाको रुपमा लिएको र अझ बढी सहज रुपमा थप सेवा प्रवाह गरी सहयोग गर्ने अपेक्षा राखेको बताए । शाखा प्रबन्धक जानकी कुमारी बानियाँले वित्तीय संस्थाले ग्राहक सदस्यलाई सहज र सरल तरिकाले कर्जा प्रवाह गर्न र उद्यमी बन्न इच्छुक ग्राहकलाई उद्यम गर्न आवश्य कसर सल्लाह समेत दिँदै आएको र आगामी दिनमा नविनतम सेवा उपलब्ध गराउन संस्था सदैव तत्पर रहेको बताए ।
कार्यक्रममा कर्जा बीमा रकम भुक्तानी तथा एस.इ.इ.मा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोरा/छोरीलाई छात्र वृद्धि बापत नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया