इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानीश्वर पन्त नियुक्त

आइतबार, २५ जेठ २०८२, १२ : ४४

काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकुत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन्।

कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्।

उनी आजैदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्त भएको कम्पनीले जानकारी दिएको छ।
 

आइतबार, २५ जेठ २०८२, १२ : ४४

प्रतिक्रिया