सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, २७ जेठ २०८२, १० : ४८

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सयले घटेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । सोमबार तोलामा २१ सय ५० रुपैयाँ रहेको चाँदी मंगलबार २१ सय ६५ रुपैयाँ कायम भएको छ ।
 

मंगलबार, २७ जेठ २०८२, १० : ४८

प्रतिक्रिया