काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार २१ सय ६५ रुपैयाँ कायम भएको चाँदी बुधबार पनि सोही मूल्यमा यथावत रहेको हो ।
प्रतिक्रिया