काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ३ सयमा कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै बुधबार तोलामा २१ सय ६५ रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा २१ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया