स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

विहीबार, २९ जेठ २०८२, ११ : १६

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले आज बिहीबारदेखि ५३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । 

कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसंस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

यस सेयरमा असार १२ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । यसका लागि न्यूनतम ४३५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।  

लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पेस गर्न सकिनेछ ।

विहीबार, २९ जेठ २०८२, ११ : १६

प्रतिक्रिया