नेपाल लघुवित्त बैंकर्स संघ कैलाली समितिद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शनिबार, ३१ जेठ २०८२, १४ : २२

काठमाडौं- नेपाल लघुवित्त बैंकर्स संघ कैलाली समन्वय समितिले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कैलालीको हरैयास्थित दुर्गा भवानी माध्यामिक विद्यालयका  ४० जना विद्यार्थीको उपस्थितिमा जेठ २९ गते कार्यक्रम सम्पन्न भएको हो । 

विगत १ वर्षदेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको समन्वय समितिले स्थानीय स्तरका बालबालिकाहरूलाई वित्तीय जानकारी प्रदान गर्नुका साथै स्थानीय स्तरको सरकारी विद्यालयमा कक्षा १० मा पढिरहेका विद्यार्थीहरुलाई बचत, बैंक तथा वित्तीय संस्था, लघुवित्त, लघु बचत, लघु कर्जा लगायतका विषयमा जानकारी दिइएको जनाएको छ।

सुर्योदय वोमी, नेशनल, एनएमबि, आशा, निर्धन, नाडेप, महिला, कालिका, हिमालयन र नेरुडे मिर्मिरे लघुवित्तहरूले सो कार्यक्रममा उपस्थित बिद्यार्थीलाई बचत को महत्त्व, भविस्यको योजना बनाउनका लागी सहयोग, फजुल खर्च कटौतीमा बानी बसाल्नका लागि बालबचत खाता खोलेर बचत गर्न सकिने जानकारी दिएको छ।

नेशल लघुवित्त, आशा लघुवित्त, एनएमबि र सुर्योदय लघुवित्तका शाखा प्रवन्धकहरुबाट वित्तीय साक्षरता प्रदान गरिएको हो।

शनिबार, ३१ जेठ २०८२, १४ : २२

प्रतिक्रिया