काठमाडौं– विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपेन्द्र खतिवडा नियुक्त भएका छन् ।
कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४६ औंं बैंठकले उनलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत खतिवडालाई सीइओमा नियुक्त गरिएको हो ।
यस बैठकले तत्कालीन सीइओ जीवन खनालको राजीनामा स्वीकृत पनि गरेको छ । खनालले दिएको राजीनामा असार १ गते आजदेखि लागू हुने गरी स्वीकृत भएको हो ।
साथै नवनियुक्त सीइओ खतिवडाको कार्यकाल असार १ गतेदेखि लागू हुने गरी सुरु भएको छ ।
प्रतिक्रिया