सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०३ असार २०८२, १० : ५८

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । सोमबार तोलामा २१ सय ६५ रहेको चाँदी मंगलबार २१ सय ६० रुपैयाँ कायम भएको छ ।

मंगलबार, ०३ असार २०८२, १० : ५८

प्रतिक्रिया