काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२४-२५ कोअन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रवि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्।
५-अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियनसुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन्। सुबाश४-अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे। ३-अन्डर ६९को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुलविश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धन बहादुरथापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। २-अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मासंयुक्तरुपमा सातौं स्थानमा छन्। १-अन्डर ७१ स्कोर गरेकादीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपलेनवौं स्थान बाँडे।
पूर्व नम्बर एक गल्फर रबिले छैटौं देखि नवौं होलसम्मलगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मासकाए। यसपछि ब्याक नाइनमा उनले १२औं र १७औंहोलमा एक-एक सट बचाए। १३औं होलको बर्डीले ब्याकनाइन १-अन्डर ३५ मा पुरा गरे। सुबाशले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। छैटौं होलमाबर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा एक-एक सट खेरफाले। उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे। बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १०औं, १२औं र १६औंहोलमा बर्डी प्रहार गरे। ५-पारको १५औं होलमा इगलकोसफलता हात पारे।
एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुलसंयुक्तरुपमा शीर्षस्थानमा रहे। उनीहरूले ३-अन्डर ६९ कोस्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे। निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे। छैटौं होलमाएक सट बचाए। पहिलो र आठौं होलमा बोगीको सामनागर्दा फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। यसपछि ११औं र१४औं होलमा बर्डी तथा १५औं र १८औं होलमा बोगी खेपे। ब्याक नाइन इभन-पार ३६ खेले। राहुलले फ्रन्ट नाइन १-अन्डर ३५ तथा ब्याक नाइन २-अन्डर३४ मा सकाए। उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे।वाङ्चेनले १-अन्डर ७१ स्कोर गरे। वाङ्चेनले सातौं होलमाचार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगीखेपेका थिए।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरलेहालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीकोलागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
दोस्रो हुनेखेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हातपार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारकोहकदार बन्नेछन्।
प्रतियोगितामा १८ जना एमेच्योरखेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन्। चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एमप्रतियोगिता हुनेछ। जहाँ २५ जना प्रोफेसनल र १०० जनाकर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।
प्रतिक्रिया