काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक समूहको २ लाख ४४ हजार ४८० कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थाका संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बिक्रीमा राखिएको सेयरमा असार १० गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। आवेदन काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्न सकिनेछ।
प्रतिक्रिया