काठमाडौं- नेपाली बजारमा बुधबार सुन र चाँदीकै मुल्य बढेको छ । बुधबार चाँदीको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको हो । मंगलबार तोलामा २१ सय ६० रुपैयाँ कायम भएको चाँदी बुधबार तोलामा २२ सय २५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया