स्वस्तिक लघुवित्तले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति

विहीबार, ०५ असार २०८२, १३ : ३६

काठमाडौं- स्वस्तिक लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई चुक्तापुँजीको ४० प्रतिशत रकमबराबरको साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने अनुमति दिएको हो । 

अब स्वस्तिक लघुवित्तले २ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार संस्थाले २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

हाल स्वस्तिक लघुवित्तमा संस्थापक सेयरधनीको ६० प्रतिशतले हुन आउने ३ करोड ४६ लाख ५० हजार रुपैयाँबराबरको सेयर स्वामित्व रहेको छ। आईपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

स्वस्तिक लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

विहीबार, ०५ असार २०८२, १३ : ३६

प्रतिक्रिया