सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, ०६ असार २०८२, ११ : १४

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । 

जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

शुक्रबार, ०६ असार २०८२, ११ : १४

प्रतिक्रिया