काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया