काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।
जसअनुसार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बढेको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो ।
आज बढेर तोलामा २ हजार १७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
प्रतिक्रिया