एनएमबि लघुवित्तले बोलायो १२ औं वार्षिक साधारणसभा

बुधबार, ११ असार २०८२, १२ : ५०

काठमाडौं- एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । सभा असार ३२ गते पोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बस्नेछ । 

सभामा वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति र प्रवन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्तावहरू पारित हुनेछ । 

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, वासलात र नगद प्रवाह विवरण पारित गर्नेछ। 

साथै,चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति, सेयर स्वामित्व अनुपात परिमार्जन, सञ्चालक समिति गठनसम्बन्धी नियमावली संशोधन र गाभ्ने/गाभिने प्रक्रिया अगाडि बढाउने प्रस्तावहरू पारित गरिनेछ।

बुधबार, ११ असार २०८२, १२ : ५०

प्रतिक्रिया