काठमाडौं- नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै बुधबार तोलामा २१ सय ४० रुपैयाँ रहेको चाँदी बिहीबार २१ सय ७५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया