सुनचाँदी व्यवसायीको आन्दोलनले बजार प्रभावित : ढिलोगरी मूल्य निर्धारण, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, १६ असार २०८२, १४ : १४

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो। यससँगै सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आइतबार तोलामा २१ सय ४० रुपैयाँ रहेको चाँदी सोमबार तोलामा २१ सय ५० रुपैयाँमा कायम भएको छ।

सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएपछि मूल्य निर्धारणमा ढिलाई भएको छ । 

आगामी बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् । 

 
 
 
 
सोमबार, १६ असार २०८२, १४ : १४

प्रतिक्रिया