काठमाडौं- मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो परिमार्जित तथा अत्याधुनिक वेबसाइट सार्वजनिक गरेको छ ।
हालै मात्र सार्वजनिक गरिएको नयाँ वेबसाइट ग्राहकमैत्री डिजाइनसहित अत्यन्तै जानकारीमूलक रहेको छ। ग्राहकलाई थप सहज, पारदर्शी र डिजिटल सेवा प्रदान गर्ने उद्देश्यसहित वेबसाइट परिमार्जन गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार परिमार्जित वेबसाइटबाट प्रयोगकर्ताले संस्थाको बारेमा विस्तृत जानकारी, प्रडक्ट तथा सेवा विवरण, पब्लिक डिस्क्लोजर अन्तर्गतको सम्पूर्ण विवरण हेर्न सक्ने छन्। साथै, वेबसाइटमै अनलाइन खाता खोल्ने सुविधा, अनलाइन सावधिक निक्षेप राख्ने व्यवस्था तथा वेब बैंकिङमार्फत खाताबाट कारोबार गर्न सकिने प्रावधान राखिएको छ। यी सबै सेवा मोबाइल तथा कम्प्युटर दुवै माध्यमबाट सहजै पहुँचयोग्य बनाइएको छ।
संस्थाले यो वेबसाइटबाट ग्राहक सेवा प्रणालीलाई थप बलियो तथा सुदृढ बनाउने र सूचना प्रवाहमा पारदर्शिता कायम गर्ने अपेक्षा गरेको छ। फाइनान्सले प्रविधिको उपयोग गर्दै ग्राहककेन्द्रित सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्दै आएको छ।
प्रतिक्रिया