मेरो माइक्रोफाइनान्सद्वारा जीवन र निर्जीवन बीमाका लागि शिलबन्दी आह्वान

मंगलबार, १७ असार २०८२, १३ : ३७

काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमाको लागि शिलबन्दी आह्वान गरेको छ । 

लघुवित्तले एक सूचना जारी गर्दै कर्मचारीहरुको म्यादी जीवन बीमा र निर्जीवन बीमाको लागि शिलबन्दी प्रस्ताव मागेको हो ।

जीवन बीमातर्फ प्राकृतिक मृत्युको बीमांक रकम १० लाख, काजकिरिया खर्च एक लाख अर्थात प्राकृतिक मृत्युको १० प्रतिशत र सघन रोग बीमा तर्फ १० लाख रुपैयाँ बीमांकको १५ प्रकारका घातक रोग समावेश हुने गरी बीमा गर्नुपर्ने छ ।

लघुवित्तले सदस्यहरुको म्यादी जीवन बीमा (कर्जा) लगायतको बीमा गर्न आवश्यक भएकाले इच्छुक संस्थाले १५ दिनभित्र शिलबन्दी पेश गर्न पर्ने जनाएको छ । 

 
 
 
 
मंगलबार, १७ असार २०८२, १३ : ३७

प्रतिक्रिया