सुनको मूल्यमा वृद्धि, चाँदी भने घट्यो

बुधबार, १८ असार २०८२, १३ : २०

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले बढेको हो। यससँगै बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै मंगलबार तोलामा २१ सय ५५ रहेको चाँदी बुधबार २१ सय ४५ रुपैयाँ कायम भएको छ।

 
 
बुधबार, १८ असार २०८२, १३ : २०

प्रतिक्रिया