काठमाडौं- सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ हजार कित्ता सेयर बिक्री खुला गरेका छन् ।
यसमा सूर्योदय वोमीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बिहीबारदेखि ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया