भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

शुक्रबार, २० असार २०८२, ०९ : ३६

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो  पक्की पुल निर्माण भएको छ । 

पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । 

पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् ।  जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ । 

 
शुक्रबार, २० असार २०८२, ०९ : ३६

प्रतिक्रिया