काठमाडौं- मन्जुश्री फाईनान्स लिमिटेडले कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको कार्यक्रममा आर.एम केडिया आँखा अस्पताल विरगंजलाई दुइ थान एसी सहयोग हस्तान्तरण गरेको छ । फाईनान्सले आफ्नो विरगंज शाखामार्फत यो सहयोग गरेको हो ।
विगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा १७५ बेड मार्फत बिरामीहरुलाइ सेवा पुर्याउदै आइरहेको छ ।
प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनजर राख्दै मन्जुश्री फाईनान्सले अस्पताललाई एसी सहयोग गरेको हो ।
प्रतिक्रिया